बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

पाेखरा | फागुन ९, २०८२

बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जितेको छ ।

 

फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित ग¥यो ।

 

खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो । 

 

विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।

 

पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

 

महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ ।   पोखरा रंगशालामा आज भएको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहारा क्लबले उपा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।   उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।    आज भएको सेमिफा...

थप पढ्नुहोस्